२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध



 

साउन २८, बैतडी । सोमबार बिहान पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको गोकुलेश्वर–दार्चुलाको खलङ्गा सडकखण्डअन्तर्गत मालिकार्जुन गाउँपालिकाको पनेबाँज नजिक सडक माथिबाट ठूलो पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए ।

बिहान १० बजे खसेको पहिरोका कारण उक्त सडकखण्ड पूर्णरुपमा बन्द भएको छ । केही दिनदेखिको लगातारको वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको राजमार्ग सञ्चालनका लागि बैतडीको पाटनबाट डोजर पठाइएको छ ।

पहिरो पन्छाउने प्रयास भइरहेको भएपनि ठूलो पहिरोका कारण पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । लगातारको पानी, त्यसमा पनि ठूलो पहिरो खसेकाले गाह्रो भएको छ, उजले भजे, “डोजरले पहिरो पन्छाउन नसक्दा ठूलो मेसिन लगाउने तयारी गरेका छौं ।”

राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन पूर्णरुपमा बन्द भएका छन् । दार्चुलाबाट काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा र बैतडी तथा काठमाडौं, महेन्द्रनगर, धनगढी र बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

सवारी साधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन् । उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ ।
रासस

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार ००:००