१४ माघ २०८२, मंगलबार | Tue Jan 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तापक्रम र बर्षा घटबढ हुँदा तरकारीमा ढुसीजन्य रोग



साउन २६ ललितपुर । तापक्रम र वर्षा घटबढ हुँदा तरकारीमा ढुसीजन्य रोगले असर गरेको पाइएको छ । बर्षा र तापक्रमको तालमेल नमिल्दा तरकारी ढुसीजन्य रोगहरू लागेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले जनाएको छ । नार्कको बाली रोग अनुसन्धान महाशाखाका अनुसार न्यानो र चिस्यान बढी हुँदा रोग लागेको हो ।

महाशाखामा कार्यरत बैज्ञानिक चेतना मानन्धरका अनुसार माटोमा खाद्य पदार्थको मात्रा कम हुँदा पनि रोग सक्रिय हुन सक्छ । “बोटबिरुवाका लागि नभई नहुने तत्व नाइट्रोजन, फोस्फरस र पोटासियम कम हुँदा पनि रोगले आक्रमण गर्दछ,” उनले भनिन् ।

तरकारीखेतीमा राइजोक्टोनिया नामक ढुसीजन्य रोग पाइएको छ । यो ढुसीका कारण सतप्रतिशतसम्म बाली नोक्सान भएको पनि पाइएको छ । “यो जीवाणुले बोटबिरुवामा आक्रमण गरेपछि बिरुवा ख्याउटे बन्दै गएर उत्पादनसमेत ठप्प हुन सक्छ,” उनी भन्छिन् ।

तरकारी बालीमा सिँचाई गर्दा पानीको निकासमा ध्यान दिन र आवश्यकताभन्दा बढी पानी नहाल्न मानन्धरले सुझाव दिइन् । “बेलुका पानी हाल्दा पानीको मात्र चाहिनेभन्दा धेरै हुन्छ । त्यसैले साँझमा पानी हाल्न हुँदैन,” उनले भनिन्, “रोगको जीवाणु पानीबाट पनि सर्ने हुँदा रोगग्रस्त क्षेत्रमा सिँचित पानी रोग नलागेको क्षेत्रमा लैजान हुँदैन ।”

ड्याङमा बाली लगाउने, घुम्ती बाली लगाउने, आवश्यक मात्रामा मलको प्रयोगले र खेतीबारीको सरसफाइले रोग लाग्ने सम्भावना कम गर्न सकिन्छ । नेपालमा झण्डै एक दशक पहिलेबाट यो रोग देखिन थालेको हो । रासस

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार ००:००