१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरको साइनबोर्डहरुमा निर्वाचन विरोधी नारा लेख्ने पक्राउ



चितवन, भरतपुर महानगरपालिका र तीनवटा वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर निर्वाचन विरोधी नारा लेख्ने एक व्यक्तिलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार गएराति भरतपुर महानगरपालिका, महानगरको १, ५, १८ र १९ नम्बर वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर ‘नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, कथित निर्वाचन बहिष्कार गरौं, जनसत्ता स्थापना गरौं जस्ता नारा लेखिएका थिए । उक्त कार्यमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भरतपुर–१८ का तिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

थापाका अनुसार श्रेष्ठले आफ्नो ना२प १४२४ नंको मोटरसाइकलमा अर्का एक व्यक्तिलाई राखेर साइनबोर्डमा कालो पोत्दै हिँडेका थिए । प्रहरी प्रमुख थापाले निर्वाचन विरोधी अभियान हुन नदिन थप सुरक्षा सतर्कता अपनाइएको बताए। रासस

प्रकाशित मिति : १५ बैशाख २०७४, शुक्रबार ००:००