१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षाका कारण क्षति पुगेको टिमुरे घट्टेखोला पुल मर्मत शुरु



 

साउन २१, रसुवा । वर्षाका कारण क्षति पुगेको टिमुरे घट्टेखोलाको राजमार्ग पुल आइतबारदेखि मर्मत शुरु भएको छ ।

रसुवागढी खण्डको राजमार्ग हेर्ने डिभिजन सडक प्रमुख नीरज शाक्यका अनुसार गल्छी रसुवागढी राजमार्ग अन्तर्गत घट्टेखोलास्थित पक्की पुलको जग मर्मतका लागि निर्माण सामग्री ढुवानी कार्य सम्पन्न गरी मर्मत कार्य शुरु गरिएको हो ।

ठाडो खोलामा पानीको बहाव ठूलो भएको र मेशिन समेत लान नसकिने भएकाले मानिसद्वारा मर्मत कार्य अगाडि बढाइएको हो । उक्त पुल भदौको पहिलो हप्तासम्म मर्मत सम्पन्न गरी सवारीसाधन आवातजावत गराइने लक्ष्य लिई अगाडि बढाएको प्रमुख शाक्यले जानकारी दिए ।

जगमा असर परेका कारण उक्त पुलबाट अहिले सवारीसाधन आवातजावतमा रोक लगाइएको र व्यापारी व्यवसायीले थोर बहुत सामान बोकेर ओहरदोहोर गर्ने गरेको बताइएको छ ।

यही साउन ११ गतेको वर्षाले क्षति पु¥याएपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो । घट्टेखोलाको पुल क्षति भएका कारण दैनिक असुली हुने करीब १४ करोड भन्सार राजश्व घाटा भइरहेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए ।
रासस

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार ००:००