१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डढेलधुराको गन्यापधुरा गाउँपालिकाले ३३ लाख खर्च गर्न सकेन

लेखक स्थानीय खबर ११ श्रावण २०७५, शुक्रबार १ मिनेट पढाइ

 

साउन ११, डडेल्धुरा । गन्यापधुरा गउँपालिकाको गत आर्थिक वर्षमा करिव ३३ लाख रकम फ्रिज भएको छ । जनप्रतिनिधि निर्वाचित भएको वर्ष दिनको समीक्षा कार्यक्रममा उक्त गाउँपालिकाको आव २०७४/०७५ को कूल बजेटमध्ये ३२ लाख ८९ हजार ८३५ रकम खर्च हुन नसकेको हो ।

गत आवको कूल बजेट १३ करोड ७७ लाख १३ हजार ३५८ रकममध्ये १३ करोड १५ लाख १६ हजार ९९० मात्रै खर्च भएको गाउँपालिकाले जनाएको छ । बिहीबार सार्वजनिक सुनुवाइ तथा वार्षिक समीक्षा कार्यक्रममा उक्त गाविसका लेखाप्रमुख महेशकुमार जोशीले खर्च विवरण प्रस्तुत गरेका थिए ।

गत आवमा गाउँपालिकाले सडकलाई मुख्य प्राथमिकतामा राख्दै दुई करोड ६६ लाखको लागतमा ७५ किलोमिटर सडक निर्माण गरिएको र भवन निर्माणमा एक करोड ५३ लाख खर्च भएको प्राविधिक केशव शाहुले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी २१ वटा खानेपानी योजनामा ९३ लाख २५ हजार र मिश्रित विकास निर्माणमा ५० लाख खर्च भएको जनाइएको थियो ।
रासस

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।