१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश पाँचमा छ वटा संसदीय समिति



 

साउन १०, बुटवल । प्रदेश ५ प्रदेशसभाका ६ वटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् । मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् ।

सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी, अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार तथा विकास समितिमा नेकपाकै आशा स्वर्णकार बुधबार निर्विरोध चयन भएका छन् ।

त्यस्तै मनोनयन दर्तामा एक एक जनाको मात्रै मनोनयन दर्ता भएपछि प्रदेश मामिला तथा कानून समितिमा नेकपाकै दामाकुमारी शर्मा, सामाजिक विकास समितिमा दीर्घनारायण पाण्डे र कृषि वन तथा वातावरण समितिमा संघीय समाजवादी फोरमका विजयबहादुर यादव निर्विरोध भएका छन् ।

प्रदेशसभाले यसअघि चार समिति रहने व्यवस्था गरेकोमा नियमावली संशोधन गर्दै छ समिति बनाउने निर्णय गरेको थियो । छ समितिमध्ये कांग्रेस र संघीय समाजवादी फोरमले एक एक र नेकपाले चार समितिको सभापति लिएका छन् ।
रासस

प्रकाशित मिति : १० श्रावण २०७५, बिहिबार ००:००