१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमाई नगरपालिकाको बजेट ५९ करोड ९९ लाख



 

साउन ९, लहान । सिरहाको धनगढीमाई नगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६ का लागि ५९ करोड ९९ लाख ७२ हजार बराबरको बजेट पारित गरेको छ ।

दोश्रो नगरसभाको निर्णयहरु सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख हरिनारायण चौधरीले अघिल्लो आर्थिक वर्षमा ८० प्रतिशत विकास निर्माणको काम सम्पन्न भएको दाबी गर्दै गत आर्थिक वर्षमा नगरक्षेत्रभित्रका ५ किलो मिटर सडक कालोपत्रे गरेको जानकारी दिए ।

यो आर्थिक वर्षमा एकीकृत नगर विकास योजना, नगर शिक्षा योजना, पर्यटन गुरुयोजना, शिक्षाको भौतिक तथा शैक्षिक सुधारका कार्यक्रम, स्वास्थ्यक्षेत्रमा औषधि आपूर्ति तथा भौतिक सुधार योजना निर्माण गरेको नगरप्रमुख चौधरीको कथन छ ।
रासस

प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार ००:००