५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुर नगरपालिकाको बजेट १ अर्ब ७३ करोड



 

३२ असार, भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि तेस्रो नगरसभाबाट पारित १ अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ ।

नगर प्रमुख सुनिल प्रजापतिले बजेट सार्वजनिक गर्दै आयतर्फ बाह्य स्रोत ९८ करोड ८६ लाख ८३ हजार तथा आन्तरिक स्रोततर्फ पर्यटन शुल्क, जग्गा बिक्री, विभिन्न कर दस्तुरबाट ५४ करोड ५३ लाख १७ हजार संकलन हुने बताए ।

त्यस्तै व्ययतर्फ युवा तथा खेलकूद समितिका लागि १ करोड ८० लाख, महिला तथा बालबालिका समाज कल्याणका लागि ३० लाख, वातावरण तथा पर्यटनतर्फ एक करोड, कृषितर्फ ८५ लाख, आर्थिक सण्मितिका लागि ७८ लाख, निर्माण समितिका लागि १२ लाख, खानेपानी व्यवस्थापनका लागि ३५ लाख, विधेयक समितिका लागि दुई लाख, न्यायिक समितिका लागि १० लाख र शिक्षा, स्वास्थ्य तथा सांस्कृतिकतर्फ दुई करोड ११ लाख बजेट विनियोजन गरिएको छ ।

चालू खर्चमा ८७ करोड ९३ लाख ८८ हजार र पूँजीगततर्फ ८५ करोड ४६ लाख १२ हजार विनियोजन गरेको छ । क्रमागत योजनाका लागि १६ करोड ७३ लाख ७० हजार विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रजापतिले जानकारी दिए ।

कर प्रणालीमा सुधार, उपभोक्ता समिति वा अमानतबाट विकास निर्माणलाई प्राथमिकता, भूकम्पपीडितलाई नक्सामा छुटको व्यवस्थालाई निरन्तरता, ५५ झ्याले दरबार सर्वसाधारण र पर्यटकका लागि खुला गरिने र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई इँटा काठमा ३५ प्रतिशत अनुदान दिइनेछ ।
रासस

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलबार ००:००