१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विष्णुपुर गाउँपालिकाको बजेट १९ करोड



 

१ साउन, लहान । सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले यस आर्थिक वर्ष २०७५÷०७६ का लागि १९ करोड ३८ लाख ५३ हजारको बजेट पारित गरेको छ ।

गाउँसभाले आव ०७५÷०७६ मा संघीय सरकारबाट प्राप्त बित्तीय समानीकरण अनुदान १६ करोड ८३ लाख, प्रदेश सरकारबाट अनुदान २७ लाख, प्रदेश सरकारबाट सशर्त अनुदान ५० लाख र आन्तरिक स्रोतबाट एक करोड १० लाख, राजश्व बाँडफाँडबाट १८ लाख र गत आवको मौज्दात ४९ लाख ६३ हजार गरी १९ करोड ३८ लाख ५३ हजारको आयव्यय विनियोजन गरेको छ ।

यस्तै, यस आव ०७५÷०७६ मा सशर्त अनुदानतर्फ शिक्षा, महिला विकास, पशु विकास, कृषि विकासतर्फ आठ करोड ६५ लाख, ज्येष्ठ नागरिक दीर्घसेवा सम्मान र सामाजिक सुरक्षा कार्यक्रमतर्फ चार करोड, बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ १२ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ १० लाख ६० हजार र नगर विकास कोष ऋणतर्फ पाँच करोड विनियोजन गरिएको गाउँपालिका अध्यक्ष निलाम्बर यादवले जानकारी दिए ।

आगामी बजेटले प्रत्येक वडामा सडक पूर्वाधार, शैक्षिक गुणस्तरीयता र खानेपानी तथा सरसफाइका लागि एकीकृत बजेट बनाएर खर्च गरिने अध्यक्ष यादवले बताए ।

गाउँसभा समापन कार्यक्रममा गाउँसभा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजितजंग अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरे ।
रासस

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलबार ००:००