१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिलाको नेतृत्वमा सामुदायिक भवन निर्माण



३१ असार, बाबियाचौर । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँको भिरकुना र ६ पाखापानीको फुलडाँडामा महिलाहरूले सामुदायिक भवन निर्माण गरेका छन् ।

गाउँपालिकाको आर्थिक सहयोगमा फुलडाँडामा फुलडाँडा आमा समूहले दुईकोठे भवन निर्माण गरेको हो । गाउँपालिकाले ५ लाख रुपैयाँ र स्थानीयवासीले ५६ हजार ८ सय ६७ संकलन गरेर भवन निर्माण गरिएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए । भवनमा बालकक्षा सञ्चालन गरिनेछ ।

यसैगरी रघुगंगा गाउँपालिका–५ झिँको भिरकुनामा पनि आमा समूहले सामुदायिक भवन निर्माण गरेका छन् । गाउँपालिकाले दिएको ८ लाख रुपैयाँबाट आमा समूहले शौचालय सहितको दुईकोठे भवन निर्माण गरेको समूहकी सदस्य ऋति थजालीले बताइन् । सामुदायिक भवन निर्माण भएपछि भेला, बैठक तथा तालीम सञ्चालन गर्न सहज भएको छ । रासस

प्रकाशित मिति : ३१ असार २०७५, आइतबार ००:००