१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध



 

२७ असार, बेनी– म्याग्दी । अन्नपूर्ण गाउँपालिका ३ दानाको तितरमा गएराति आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छ्याउने प्रयास भइरहेको शर्मा गजुरमुखी अयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

अवरुद्ध सडकको माटो र ढुंगा पन्छ्याउन मेसिन प्रयोग गरिएको छ । पहिरो गएको ठाउँ टाढा रहेकाले बस्तीलाई कुनै असर नगर्ने उनले बताए । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका छन् ।

बेनी–जोमसोम–कोरला सडक निर्माणधिन अवस्थामा छ । सडक विस्तार गर्न जारी रहेकाले ठाउँठाउँमा पहिरोको सम्भावना छ ।
रासस

प्रकाशित मिति : २७ असार २०७५, बुधबार ००:००