१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगरपालिकाको बजेटः साढे ४ अर्ब प्रस्ताव



२५ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आव २०७५/७६ का लागि ४ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

महानगरपालिकाले सोमबार आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत गर्दै महानगरका उपप्रमुख गीता सत्यालले सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत, सडक बोर्ड, अन्तर्राष्ट्रिय संस्थालगायत स्रोतका आधारमा अनुमानित आय प्रस्ताव गरिएको बताइन् ।

संघीय सरकारबाट रु ८९ करोड ७८ लाख आयको अनुमान गरिएको छ । प्रदेश सरकारबाट ३ करोड रुपैयाँ र आन्तरिक स्रोत १ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको छ ।

नगर प्रमुख चिरीबाबु महर्जनले नगरले भौतिक पूर्वाधारसँगै खेलकुद, पर्यटन, शिक्षालगायत क्षेत्रको विकास गर्ने नीति लिइएको बताए । साथै, महानगरभित्र समेटिएका साविकका गाविसहरूको विकासमा बिषेश कार्यक्रम सञ्चालन गर्ने पनि महर्जनले बताए । रासस

प्रकाशित मिति : २५ असार २०७५, सोमबार ००:००