३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागी भौतिक पूर्वाधार निर्माण



 

२३, असार, नेपालगञ्ज । नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो ।

त्यसै क्रममा अहिले नेपालगञ्ज रंगशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम भइरहेको छ । रंगशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना आधुनिक बनाइएको छ भने फ्लोरिङ गर्ने काम शुरु गरिएको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताए ।

त्यसैगरी, रंगशालामा करिब १८ करोड रुपैयाँको लागतमा पौडी पोखरी र २४ करोड रुपयाँको लागतमा प्याराफिटसहितको अत्याधुनिक रंगशाला निर्माण भइरहेको छ ।

क्षेत्रीय अध्यक्ष ओलीका अनुसार, पूर्वाधार निर्माण अन्तर्गत रंगशालामा ७ करोडको लागतमा ट्रयाक एण्ड फिल निर्माणको काम पनि धमाधम भइरहेको छ । आठांै राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी मंसिर तेस्रो सातादेखि नेपालगञ्जमा आयोजना हुने बताइएको छ ।रासस

प्रकाशित मिति : २३ असार २०७५, शनिबार ००:००