२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाल उद्यान निर्माण गर्न टोखा नगरपालिकालाई एक करोड

लेखक स्थानीय खबर २१ असार २०७५, बिहिबार २ मिनेट पढाइ

 

२१ असार, काठमाडौं । काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाबीच बालमैत्री उद्यान निर्माण गने सम्बन्धमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कामपाको प्रमुख विद्यासुन्दर शाक्य र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार बालमैत्री उद्यान तीन वर्षभित्र निर्माण गरिसक्नुपर्ने छ । निर्धारित समयमा नै काम सके कामपाले निर्माणको समयमा लाग्ने ५० प्रतिशत रकम व्यहोर्ने, दिएको रकम अन्य कार्यमा खर्च गर्न नपाउने र उद्यान निर्माणको समयमा टोखा नगरपालिकालाई प्राविधिक सहयोग आवश्यक परे पनि कामपाले व्यवस्थापन गर्ने जस्ता बुँदाहरु सम्झौतामा रहेका छन् ।

निर्माणपछि प्रवेश गर्न जारी हुने टिकट, पार्कसम्बन्धी अन्य कागजातहरु समेतमा कामपाको साझेदारी भएको भन्ने खुलाउनु पर्नेछ । सो अवसरमा कामपाका प्रमुख शाक्यले आफ्ना वरपर रहेको नगरपालिकाहरुलाई पनि समृद्धि हासिल गर्न सघाउन सहयोग गरेको बताए ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले निर्धारित समयमै बाल उद्यान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चौपायालाई ट्याग लगाउनुपर्ने

कामपाभित्र पालिने चौपायाहरुलाई अबदेखि परिचय सङ्केत ९ट्याग० लगाउनुपर्ने भएको छ । बुधबार कामपाले आयोजना गरेको चौपाया व्यवस्थापन सम्बन्धी कार्यक्रममा कामपा प्रमुख शाक्यले सार्वजनिक र घरपालुवा जनावरको अवस्था बुझी व्यवस्थापन गर्न ट्याग लगाउन आवश्यक रहेको बताएका हुन् ।

छाडा कुकुर, बेवारिसे छाडिएका चारखुट्टे जनावर र आकस्मिक दुर्घटनामा परेका पशु चौपायाहरुको उपचार गरिने भएकाले घरपालुवा र अन्य चौपाया छुट्याउन यस किसिमको व्यवस्था गरिएको हो ।

यससम्बन्धी बुधबार कामपा र सद्गुरी सेवा कुटुम्ब मन्त्रादेवी मन्दिर त्रिपुरेश्वरबीच एक सम्झौता सम्पन्न भयो । यस कार्यका लागि पक्ष कामपाले मन्त्रादेवी मन्दिरलाई १० लाख दिनेछ ।
रासस

प्रकाशित मिति : २१ असार २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।