८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटा नगरपालिका कालोसूचीमा



 

२० असार, धनकुटा । धनकुटा नगरपालिका सहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि लाइन काट्न थालिएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा बक्यौता रहेको एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख पवनकुमार शाहले बताए । विद्युत् महशुल नबुझाएको भन्दै जिल्लामा कूल ४०७ ग्राहकको लाइन काटिएछ ।

धनकुटा नगरपालिका सहित शाखाको कालोसूचीमा रहेका ७७ ग्राहकबाट छ लाख ३८ हजार रकम उठ्न बाँकी छ । असार मसान्त सम्ममा शुल्क नबुझाएमा लाइन काटिने शाहले बताए । नगरपालिकाको महसुल बापतको २५ लाखभन्दा बढी रकम तिर्न बाँकी छ ।

पछिल्लो समय महशुल नबुझाउने ग्राहकको संख्या बढ्दै गएको छ । महसुल बुझाउन ताकेता गर्दासमेत महसुल नबुझाउने सरकारी कार्यालय, विभिन्न संघसंस्था र व्यक्तिको लाइन काट्न शुरु गरेपछि ग्राहकले महसुल बुझाउन थालेको प्राधिकरणले जनाएको छ ।

विगत पाँच वर्षदेखि महशुल नतिरेका जिल्ला हुलाक कार्यालय, महिला तथा बालबालिका कार्यालय तथा इलाका प्रहरी कार्यालय राजारानीले बक्यौता रकम जरिवानासहित बुझाएका छन् ।
रासस

प्रकाशित मिति : २० असार २०७५, बुधबार ००:००