२६ मंसिर २०८२, बिहिबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहाको विष्णुपुर गाउँपालिकाको हरहिसाब माग



 

१७ असार, लहान । सिरहाको विष्णुपुर गाउँपालिकामा व्यापक अनियमितता भएको भन्दै स्थानीयवासीले सूचनाको हक प्रयोग गरी गाउँपालिका कार्यालयसंग खरिद भएका सामान र विकास कार्यमा खर्चको विवरण माग गरेका छन् ।

सूचनाको हकअनुरुप स्थानीयवासीले सामूहिक रुपमा गाउँपालिका कार्यालयमा निवेदन दर्ता गराउँदै गाउँपालिकाबाट खरिद भएका सामान र विकासनिर्माणको काममा भएको खर्चको विवरण माग गरेको स्थानीयवासी राजकुमार यादवले जानकारी दिए ।

स्थानीयवासीले गाउँपालिका कार्यालयमा सूचना माग गर्न जाँदा कार्यालयले सुरक्षाका लागि प्रहरी बोलाएपछि गत शुक्रबार स्थानीयवासी र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो ।

स्थानीयवासी करीब २५ जनाले सामूहिक रुपमा निवेदन दिँदै गाउँपालिकाका प्रशासकीय अधिकृत रामप्रमोद यादवसंग गाउँपालिकाबाट निकासा भएको बजेट तथा खर्च, कर्मचारी भर्ना, सवारी साधन खरीद, जिन्सी खरीद, पोखरी ठेक्कासम्बन्धी काजजातको प्रतिलिपि आदि विवरण उपलब्ध गराउन माग गरेका थिए ।
रासस

प्रकाशित मिति : १७ असार २०७५, आइतबार ००:००