३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विमानस्थलको धावन मार्ग विस्तार गर्ने प्रदेश मन्त्रिपरिषद्को निर्णय

लेखक स्थानीय खबर १३ असार २०७५, बुधबार १ मिनेट पढाइ

 

१३ असार, विराटनगर । प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन हजार मिटरको धावन मार्ग निर्माण गरी विस्तार गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विराटनगर विमानस्थल हाल एक हजार ५०० मिटर लम्बाइ भएकाले अन्तर्राष्ट्रियस्तरको निर्माणका लागि धावन मार्ग विस्तारका लागि संघीय सरकारलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

यसैगरी, भोजपुर जिल्ला निवासी पत्रकार धु्रव सुवेदीलाई उपसचिव तलब सुविधा प्राप्त गर्ने गरी मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले पठाएको प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा बनेको विधेयक, २०७५, आर्थिक मामिला तथा योजना मन्त्रालयले पठाएको प्रदेश कर तथा गैरकर राजश्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ प्रदेश सभामा पठाउने निर्णय गरेको छ ।

यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई प्रदेश विपद् व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ र प्रदेशसभा सचिवालय व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ लाई सैद्धान्तिक सहमति प्रदान गरिएको प्रवक्ता मन्त्री कार्कीले बताए ।
रासस

प्रकाशित मिति : १३ असार २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।