२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणघाट–मुग्लिन सडकको सूचना अब एसएमएसबाट



१२ असार, चितवन । नारायणगढ–मुग्लिन सडक पहिरोका कारण कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न । घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ ।

कहिले पहिरो, कहिले दुर्घटना त कहिले गाडी बिग्रिएर सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्थानीय कालिका टिभी र रेडियोसँगको सहकार्यमा आजदेखि एसएमएस सेवा शुरु गरेको ट्राफिक प्रमुख बेदप्रसाद गौतमले बताए ।

उनका अनुसार मुग्लिन, नारायणगढ क्षेत्रका हरेक सूचना उपलब्ध हुनेछ । यसअघि ट्राफिक प्रहरीले आफ्नो फेसबुकमार्फत सूचना प्रवाह गर्दै आएको थियो ।

यसका लागि मोबाइलको म्यासेज बक्समा गएर एनएमटी टाईप गरी ३४८४८ मा एसएमएस गरेपछि तुरुन्तै मोबाइलमा सन्देश आइपुग्छ ।

संवाददाताले समाचार तयार पार्दै गर्दा एसएमएस पठाउँदा, ‘टोपे खोलामा पहिरो, मुग्लिन नारायणगढ सडक बन्द छ, पहिरो हटाउन अझै ५/६ घन्टा लाग्ने अनुमान छ,’ भन्ने सन्देश प्राप्त भएको थियो ।

घटनाको अपडेट हुने बित्तिकै सूचना पनि अपडेट हुने गौतमले बताए । यसअघि कालिका टिभी र रेडियोले प्रयोग गर्दै आएको एसएमएस कोड ३४८४८ को नयाँ युजर नेम र पासवर्ड उपलब्ध गराएर सार्वजनिक हितका लागि ट्रफिक प्रहरीलाई सहयोग गरिएको टिभीका स्टेशन म्यानेजर राजकुमार लामिछानेले बताए । रासस

प्रकाशित मिति : १२ असार २०७५, मंगलबार ००:००