१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सियारी गाउँपालिकाको बजेट ३९ करोड



 

१२ असार, बुटवल । रुपन्देही जिल्लाको सियारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ३९ करोड ९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङले सोमबार समग्र क्षेत्रगत प्रस्तावित नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् । गुरुङ बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक पनि हुन् ।

स्थानीय सरकारको नयाँ अभ्यास भएको हुनाले गल्ती कमजोरीलाई सिकाइका रुपमा लिन सम्पूर्ण गुरुङको अनुरोध छ । गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले स्थानीय सरकारको बजेटले गाउँपालिका विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सार्वजनिक भएको कूल बजेटमध्ये गत आवको बाँकी २ करोड ५० लाख रुपैयाँ, आन्तरिक राजश्व ११ करोड ५४ लाख रुपैयाँ र अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु १२ करोड ३४ लाख ५४ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ ।

यस्तै, नेपाल सरकारबाट ११ करोड ८९ लाख रुपैयाँ, प्रदेश सरकारबाट ४५ लाख ५३ हजार रुपैयाँ पाउने अनुमान छ । अन्तरसरकारी सरकारी अनुदान १२ करोड ७१ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान छ ।

प्रकाशित मिति : १२ असार २०७५, मंगलबार ००:००