१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तालपोखरा चिप्लेढुंगा सडकखण्ड अन्तर्गत बहखोला पक्की पुल शिलान्यास



 

११ असार, रामपुर– पाल्पा । पाल्पाको रामपुर नगरपालिका ५ र ६ जोड्ने बहखोलामा पक्की पुल बन्ने भएको छ । तालपोखरा चिप्लेढुंगा सडकखण्ड अन्तर्गत पर्ने बहखोलामा निर्माण हुन लागेको पक्की पुलको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आइतबार शिलान्यास गरे ।

नगर प्रमुख थापाले गाउँको विकासका लागि सडक, बिजुलीको अति आवश्यक रहेको बताउँदै तालपोखरा, विजयपुर, किसानबारी, बेझाड बजार क्षेत्रलाई अब रिङरोडको अवधारणा अनुसार काम गरिने बताए ।

पर्यटकीय क्षेत्र तालपोखरासंग जोडिएको हुँदा पनि यहाँ पुल निर्माण सम्पन्न भएपछि तालपोखरा घुम्न आउने पर्यटकको आवजावतमा ठूलो राहत मिल्ने उनको भनाइ थियो । यस पुल निर्माणका लागि नगर प्रमुख थापाले नगरपालिकाबाट ५ लाख सहयोग गर्ने घोषणा गरे ।

एक करोड १९ लाखको लागतमा १० मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको पक्की पुल निर्माण गर्ने समितिका सचिव भरतराज देवकोटाले बताए ।

सिद्धबाबा सडकको वैकल्पिक ट्रयाक खुल्यो

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सिद्धबाबा सडकखण्डको वैकल्पिक मार्ग झुम्सा चौकीभञ्याङ देवदह चरङ्गेको नयाँ ट्रयाक खुलेको छ । आगामी आवभित्र यस सडकलाई डबल लेनको रुपमा स्तरोन्नति गरिने भएको छ ।

वैकल्पिक सडक निर्माणको लागि तिनाउ गाउँपालिकाले ६० लाख र रिब्दीकोट गाउँपालिकाले १० लाख लगानी गरिसकेका छन् । तानसेन नगरपालिकाले २० लाख र बगनासकाली गाउँपालिकाले ५ लाख र देवदह नगरपालिका रुपन्देहीले १० लाख गरी एक करोड १० लाखमा बाटोको ट्रयाक खोलिएको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।
रासस

प्रकाशित मिति : ११ असार २०७५, सोमबार ००:००