१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरपालिकाको बजेट १३ अर्ब



 

११ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको छ । कामपाले आइतबार आयोजना गरेको नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटको स्रोतमा आन्तरिक आयतर्फ चार अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट ५ अर्ब १९ करोड र अन्य स्रोतबाट १ अर्ब ४ करोड ११ लाख अनुमान गरिएको छ ।

त्यसैगरी वडास्तरमा पूर्वाधार निर्माणमा ३ अर्ब ६ करोड २५ लाख, कार्यालय सञ्चालन र प्रशासनिक खर्चका लागि १ अर्ब ९३ करोड, शिक्षामा १ अर्ब १० करोड ४६ लाख र हनुमानढोका–स्वयम्भू जोड्ने पदमार्ग निर्माण र ढुंगेधारा संरक्षणमा ५१ करोड ६७ लाख विनियोजन गरिएको छ ।

कामपाले भवन निर्माण र सवारी सधान तथा अन्य सम्पत्ति खरिदमा दुई अर्ब ३६ करोड एक लाख, मोनोरेल, विद्युतीय बस, फ्लाइ स्काई ब्रिज, सार्वजनिक शौचालय लगायतको पूर्वसम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्न १५ करोड १० लाख बजेट छुट्याइएको छ ।

चालू आवको तुलनामा आगामी आवको बजेट १ अर्वले बढी हो । कामपाले चालू आव २०७४/७५ का लागि १२ अर्ब ८७ करोड ८९ लाख ४७ हजार विनियोजन गरेको थियो । चालू आवको वैशाख मसान्तसम्ममा ३ अर्ब २८ करोड ८४ लाख ७ हजार खर्च गरेको छ । जुन अनुमानित खर्चको २५ दशमलव ५३ प्रतिशत हो ।

त्यसैगरी चालू आवमा १२ अर्व ८७ करोड ९४ लाख राजस्व संकलनको लक्ष्य राखेकामा आन्तरिकतर्फ ५ अर्व ४८ करोड १६ लाख र बाह्य श्रोतबाट ७ अर्ब ३९ करोड ७८ लाख असुली गर्ने लक्ष्य लिएको थियो । चालु आवको वैशाख मसान्तसम्ममा आन्तरिक आयतर्फ १ अर्ब ५९ करोड ७३ लाख र बाह्यतर्फ २ अर्व ७४ करोड ५१ लाख गरी कूल ४ अर्ब ३४ करोड २४ लाख राजस्व असुल गरिएको छ । यो अनुमानित आम्दानीको ४२ दशमलव २७ प्रतिशत हो ।

चालू आवमा घरबहाल कर असुल गर्ने नीति स्पष्ट नभएको, ठूला करदातालाई करको दायरामा ल्याउन नसकेको, स्थानीय तहको कार्यक्षेत्र संविधानले स्पष्ट गरेपनि आवश्यक कानून समयमै तर्जुमा हुन नसकेको र करदाताको यथार्थ विवरण संकलन गर्न नसकेको कारणले गर्दा अपेक्षित राजश्व हासिल गर्न नसकिएको बताइएको छ ।
रासस

प्रकाशित मिति : ११ असार २०७५, सोमबार ००:००