१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुखीपुर नगपालिकाद्वारा ४४ करोड बजेट पारित



 

१० असार, लहान । सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ४४ करोड ६ लाख भन्दा बढीको बजेट पारित गरेको छ । सुखीपुर नगरपालिकाको हिजो सम्पन्न दोस्रो नगरसभाले नगरप्रमुख रामऔतार यादवले प्रस्तुत गरेको ०७५÷७६ का लागि ४४ करोड ६ लाख ६० हजारको बजेट सर्वसम्मतले पारित गरेको हो ।

योसँगै आगामी आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्ने सुखीपुर नगरपालिका सम्भवतः प्रदेश नं २ मा नै सबैभन्दा पहिलो नगरसमेत बनेको हो । सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ १२ करोड चार लाख ९८ हजार र पूँजीगत खर्चतर्फ ३२ करोड एक लाख ६२ हजार बजेट पारित गरेको नगरप्रमुख यादवले जानकारी दिए ।

आगामी बजेटलाई सुखीपुर नगरक्षेत्र भित्रको भौतिक पूर्वाधार निर्माण, शैक्षिक तथा स्वास्थ्यमा गुणस्तरीयता तथा सामाजिक विकासमा केन्द्रीत गरिने उनले बताए । यस्तै दोस्रो नगरसभाले स्थानीय तह सञ्चालन गर्न आवश्यक विभिन्न १६ वटा ऐनसमेत पारित गरेको जनाएको छ ।
रासस

प्रकाशित मिति : १० असार २०७५, आइतबार ००:००