१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न सुझाव माग्दै



 

८ असार, काठमाडौं । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक महाविद्यालय स्थापना गर्न सरोकार भएकाहरु धेरैले आज ती संस्थाका पक्षमा सकारात्मक सुझाव दिएका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा सो विषय आएपछि आज अध्ययन कार्यदलले आयोजना गरेको अन्तरक्रिया तथा छलफलमा उनीहरुले विश्वविद्यालय र महाविद्यालय खडा गरी कृषि, पर्यटन, ऊर्जा जस्ता विषयमा उच्चस्तरको अध्ययन अध्यापन गराई रोजगारी पाउनसक्ने जनशक्ति उत्पादन गराउनुपर्ने सुझाव दिए ।

लगानीका लागि सरकार र निजी क्षेत्रबीच साझेदारी हुनुपर्ने, प्रदेश नं ४ का सबै जिल्लामा जग्गाको खोजी गर्नुपर्ने, विदेशी विद्यार्थी पनि भित्र्याउनुपर्ने, अध्ययन अध्यापनका लागि प्रशस्त उपकरण, नयाँ प्रविधि हुनुपर्ने, पोखरा विश्वविद्यालयलाई नै प्रादेशिक विश्वविद्यालय बनाउन सकिने, कानून संशोधन गरेर त्रिविको क्षेत्राधिकार घटाउनुपर्ने, पुराना संस्थाभन्दा नयाँ संस्था खोल्दा सजिलो हुने, प्रदेश पहिचानका लागि आयुर्वेदिक विवि स्थापना गर्नुपर्ने लगायत सुझाव दिइएका थिए ।

पश्चिमाञ्चल विकास मञ्चका महासचिव धर्मराज बरालले प्रदेश नं ४ र खासगरी विश्वकै ध्यानाकर्षण गर्न उच्च गुणस्तरको अध्ययन अध्यापन गरी पोखरा वा प्रदेश नं ४ लाई शैक्षिक केन्द्र बनाउन आह्वान गरे । अध्ययन कार्यदलमा डा गणेशमान गुरुङ, टङ्कनाथ शर्मा, विश्वकल्याण पराजुली, गेहेश्वर कोइराला लगायत थिए ।
रासस

प्रकाशित मिति : ८ असार २०७५, शुक्रबार ००:००