७ असार, रामपुर– पाल्पा । पाल्पाको बगनासकाली ६ यम्घाको दर्पुकमा पहिलोपटक बस पुगेको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा कच्ची सडक चौडा पारिएपछि बुधबार पहिलोपटक गाउँमा बस पुगेको हो ।
लु १ ख ७७७६ नं का बस चालक कुलबहादुर गाहाले पहिलोपटक गाउँमा बस पु¥याएका हुन् । स्थानीयवासीले हर्षित हुँदै बसका चालकलाई फूलमालाले स्वागत गरेका थिए ।
गाउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को मौलेभञ्ज्याङ्ग दर्पुक सडक सुधारका लागि विनियोजित ४० लाख बजेटमा सडक चौडा पारिएको छ ।
बगनासकाली गाउँपालिकाको मौलेभञ्ज्याङ्मा ८ वर्ष अगाडिदेखि साँघुरो सडक र अप्ठ्यारो घुम्ती छिचोल्दै दैनिकजसो तानसेन सम्म जिप सञ्चालन हुँदै आएपनि सडक चौडा नपारिँदा यात्रुले समस्या भोग्दै आएका थिए । सडक चौडा भएसंगै गाउँमा बस पुगेपछि स्थानीयवासीले खुशियालीमा एकअर्कामा अबीरजात्रा गरेका थिए । दर्पुक गाउँमा सीमान्तकृत बोटे समुदायको समेत बाक्लो बस्ती रहेको छ ।
सुधारिएको सडकबाट गाउँमा गाडी पुगेको बगनासकाली गाउँपालिकाका प्रवक्ता एवं वडा ६ का अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताए । गत आवको गाउँपालिकाको सबैभन्दा बढी रकमको बजेट यसै क्षेत्रमा राखिएको थियो, आगामी वर्ष यसको स्तरोन्नति गरी नियमित बस जाने बनाउन पहल गरिने उनले बताए ।
नियमित बस आएपछि आवतजावतमा सहज हुने स्थानीय रामप्रसाद भट्टराईले बताए । गाउँबाट नियमित बस सञ्चालन भएमा सिमाना जोडिएका जिल्ला स्याङ्जाको मालुङ्गा, बेल्टारी, जैपते लगायतका स्थानीयलाई पनि ठूलो राहत मिल्नेछ ।
रासस


प्रतिक्रिया