१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोहर संकलन गर्ने काइनेटिक टिपर हस्तान्तरण



६ असार, विराटनगर । विराटनगर महानगरपालिकालाई ग्रीन मोटरले फोहर उठाउन सहज हुने एक थान काइनेटिक हाइड्रोलिक गार्बेज इलोक्ट्रोनिक टिपर हस्तान्तरण गरेको छ ।

महानगरका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की र प्रमुख प्रशासकीय अधिकृत कुमार दाहाललाई संयुक्त रुपमा ग्रीन मोटरका सञ्चालक आशिस जाजुले आज साँचो तथा टिपर हस्तान्तरण गरेका छन् ।

नगरका साना गल्लीमा सहजरुपमा लगेर फोहर संकलन गर्न सकिने भएकाले महानगरलाई टिपर हस्तान्तरण गरिएको सञ्चालक जाजुले बताउनुभयो । चार सय किलो फोहर उठाउन सक्ने उक्त टिपरलाई ५ लाख २५ हजार रुपैयाँ पर्छ ।

प्रकाशित मिति : ६ असार २०७५, बुधबार ००:००