Logo

प्रदेश नं ५ काे बैठक स्थगित



 

४ असार, बुटवल । प्रदेश नं ५ मा प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले विशेष कारण जनाउँदै बैठक स्थगन भएको सूचना टाँस गरेर जानकारी दिए । यस अघि २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको थियो ।

प्रदेश नं ५ मा प्रतिपक्ष नेपाली कांग्रेसले बजेटमा असहमति जनाउँदै प्रदेशसभाको बैठकमा उभिएर विरोध गरेपछि सभामुख घर्तीले केही समयका लागि बैठक स्थगन गरिएको थियो । बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले प्रदेशसभाको हैसियत स्पष्ट नभएको भन्दै हामी सुकुम्बासी वा टुहुरा हौँ भनेर प्रश्न गरे ।

उनले बजेटलाई कनिका छरेजस्तो भएको टिप्पणी गर्दै बजेटमा नीति कार्यक्रम अभिव्यक्त नभएको आरोप लगाए । उनले भने, “बजेट सैद्धान्तिकरुपमा असफल भएको छ र बजेटमा हाम्रो सुनुवाइ नभएसम्म कारवाही अघि बढ्दैन ।” बैठक भोलि मङ्गलबारका लागि तोकिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्