१२ माघ २०८२, आइतबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य संस्थालाई अल्ट्रासाउण्ड उपकरण



२ असार, त्रिशूली । नुवाकोटका ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाहरूलाई रेडक्रसले अल्ट्रासाउण्ड उपकरण दिएको छ । खरानीटार प्राथमिक स्वास्थ्य केन्द्र, देउराली प्राथमिक केन्द्र र काहुले स्वास्थ्यचौकीलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले शुक्रबार अल्ट्रासाउण्डका उपकरण प्रदान गरेको हो ।

अल्ट्रासाउण्ड सेवा सञ्चालन भएपछि विशेष गरी गर्भवतीलाई सहज हुने खरानीटार प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा यशु पोखरेलले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले उपकरण हस्तान्तरण गर्दै रेडक्रसले समुदायका नागरिकको स्वास्थ्यमा ध्यान दिएर उपकरण हस्तान्तरण गरेको बताए । प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले उपकरणको सही उपयोग गरी सेवा प्रवाह गर्नुपर्ने बताए ।

उपकरणको माध्यमले गर्भवतीको पेटमा रहेको भ्रूणको अवस्था, तौल तथा सुरक्षित सुत्केरी हुन सक्ने या नसक्ने अवस्थाका वषयमा जानकारी पाइने भएकाले यस्ता उपकरण ग्रामीण भेगका सबै स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने सेवाग्राहीको माग छ ।

बर्थिङ सेन्टर सञ्चालन भएका सबै स्वास्थ्य संस्थामा भिडियो एक्सरेको माग भएको सामुदायिक विकास केन्द्रका सामाजिक परीक्षक अमित गजुरेलले बताए । रासस

प्रकाशित मिति : २ असार २०७५, शनिबार ००:००