८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं २ः नीति तथा कार्यक्रम पारित



 

२९ जेठ, महेन्द्रनगर– धनुषा । प्रदेश नं २ मा प्रदेश सरकारको आव २०७५/०७६ को नीति तथा कार्यक्रमसहित दुई विधेयक सोमबार सर्वसम्मतले पारित भएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि सात जनाले संशोधन प्रस्ताव दर्ता गराए पनि सबैले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए । प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, बच्चा यादव, लगनलाल चौधरी, रामचन्द्र मण्डल र सुन्दर बहादुर विश्वकर्मा लगायतले आ–आफ्ना संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

त्यसैगरी नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा छुटेको भनेको राजर्षि जनक विश्वविद्यालयको स्थापना र विकासलाई समेत नीति तथा कार्यक्रममा समेटिने मुख्यमन्त्री राउतले प्रतिबद्धता जनाएपछि कांग्रेसले पनि समर्थन ग¥यो ।

यस्तै प्रदेश नं २ का मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक एवं सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र प्रदेश २ का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी बनेको विधेयक २०७५ पनि सर्वसम्मतले पारित भएको छ ।

सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथि २१ जनाले आ–आफ्ना धारणा राखेका थिए । नीति तथा कार्यक्रम गत बिहीबार प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रस्तुत गरेका थिए ।
रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलबार ००:००