८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिका प्रमुखको तलब मासिक ३५ हजार



 

२९ जेठ, बुटवल । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेशसभाको जेठ १६ गते बसेको बैठकले विधेयक पारित गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव सनतकुमार दवाडीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएपछि अब स्थानीय तहका जनप्रतिनिधिलाई दिइने सेवा सुविधाको टुङ्गो लागेको छ ।

प्रदेशसभा बैठकले पारित गरेअनुसार प्रदेश ५ का स्थानीय तहका जनप्रतिनिधि मध्ये जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलबभत्ता ४१ हजार, उपप्रमुखको ३६ हजार र सदस्यको १६ हजार, उपमहानगरपालिका प्रमुखको ४० हजार, उपप्रमुखको ३५ हजार, वडाध्यक्षको २६ हजार, कार्यपालिका सदस्यको १५ हजार र वडा सदस्यको ९ हजार हुनेछ ।

त्यस्तै नगरपालिका प्रमुखको मासिक ३५ हजार, उपप्रमुखको ३० हजार, वडाध्यक्षको २५ हजार, कार्यपालिका सदस्यको १३ हजार, सदस्यको ८ हजार र गाउँपालिकाका अध्यक्षको मासिक ३० हजार, उपाध्यक्षको २७ हजार, वडाध्यक्षको २० हजार, कार्यपालिका सदस्यको १२ हजार र सदस्यको ७ हजार हुनेछ । यसबाहेक मासिक तलबभत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ता पनि उनीहरुले पाउने छन् ।
रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलबार ००:००