२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पाको ३ गाउँपालिकामा मुख्यमन्त्री कार्यक्रम



रामपुर, पाल्पा । प्रदेश नं. ५ को सरकारले पाल्पाका तीन गाउँपालिकासहित प्रदेशका ३५ गाउँपालिकामा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेशका सबैभन्दा कमजोर गाउँपालिकामा सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो । पाल्पाका माथागढी, रैनादेवी छहरा र निस्दी गाउँपालिकामा मानव विकास सूचकांकमा सुधार गरी मूल प्रवाहमा ल्याउन यो कार्यक्रम लागु गर्न लागेको हो ।

यो कार्यक्रमबारे बुधबारको प्रदेश मन्त्रिपरिषद् बैठकले जानकारी दिएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिए । त्यस्तै, सरकारले पाल्पासहितका ३५ गाउँपालिकालाई तीन वर्गमा छुट्याएको छ । अति कमजोर, कमजोर र मध्यम कमजोरअनुसार बजेट छुट्याउने तयारी गरेको छ ।

नवलपरासीका सुस्ता, प्रतापपुर र पाल्ही नन्दन, रूपन्देहीका मर्चवारी, सम्मरीमाई र कोटहीमाई कमजोर गाउँपालिकाको सुचीमा छन् ।

गुल्मीको कालीगण्डकी, मालिका र मदाने, अर्घाखाँचीका पाणिनी, मालारानी र छत्रदेव गाउँपालिकालाई सरकारले छानेको छ ।

कपिलवस्तुको विजयनगर, शुद्धोधन र महाराजगञ्ज, दाङको बंगलाचुली, राजपुर र बबई, प्यूठानको गौमुखी, नौबाहिनी र ऐरावती, रोल्पाका सुनछहरी, थवाङ र परिवर्तन, रुकुम पूर्वका पुथाउत्तरगंगा, भूमे र सिस्ने, बाँकेको नरैनापुर, डुडुवा र जानकी तथा बर्दियाको बढैयाताल र गेरुवा गाउँपालिकामा पनि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू हुनछ । रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार ००:००