१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटको ८ हजार हेक्टरमा सिँचाइ सुविधा अभाव



२४ जेठ, जाजरकोट । यहाँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । जिल्लाका ७ वटा स्थानीय तह छन् । सबै ठाउँका किसानको खेतवारीमा सिँचाइ सुविधाको अभावले आकाशे पानीको भरमा वर्षायाममा मात्र खेतीपाति हुँदै आएको छ ।

भिरालो जमीनमा ओसिलोपन नहुँदा सबै लगाएको अन्नबाली सुक्ने भन्दै हिउँदे याममा आफ्नो खेतबारी बाँझै रहने गरेको नलगाड नगरपालिका– ८ का हरिबहादुर खत्रीले बताए ।

केहीले व्यक्तिगत रुपमा पाइप खरिद गरी सिँचाइ गरेपनि अधिकांश किसानका खेतबारी सिँचाइविहीन अवस्थामा रहेको भेरी नगरपालिका–१ का कालीबहादुर पुनले बताए ।

“अर्काको पाइप ल्याएर सिँचाइ गर्दा १ हजार रुपैयाँ तिर्नुपर्छ,” उनले भने, “आकाशे पानीको भरमा खेती गर्दा बीउ नै नउम्रिने र हिउँदे याममा जमीन खाली राख्नु पर्ने बाध्यता छ ।

सिँचाइ सुविधा भएका ठाउँमा किसानले बर्खेबाली र हिउँदेबालीका साथै बेमौसमी तरकारीबाली समेत लगाउने गरेको कुशे गाउँपालिका–५ का अमिक थापाले बताए । जमीन पर्याप्त भए पनि सिँचाइको अभावमा बाँझै राख्नुपर्ने बाध्यता छ । “आकाशे पानीको भरमा लगाउँदा वर्षेनी बीउ नै नउठ्ने भएपछि हिउँदे याममा जमीन खाली राख्ने गरेको छु,” उनले भने ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा १६ हजार ६९८ हेक्टर जमीनमा खेती गरिन्छ । हिउँदयाममा २हजार ९४९ हेक्टर जमीनमा सिँचाइ सुविधा पुग्छ । वर्षा याममा ४ हजार ९९० हेक्टरमा मात्र सिँचाइ सुविधा पुग्ने गर्छ । १० हजार ४३२ हेक्टर जमीनमा गहुँखेती गरिन्छ भने ७०० हेक्टर जमीनमा जौ खेती गरिँदै आएको छ । रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहिबार ००:००