८ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट लोकप्रियताका लागि नभई उत्पादनमुखीः मुख्यमन्त्री गुरुङ

लेखक स्थानीय खबर २१ जेष्ठ २०७५, सोमबार २ मिनेट पढाइ

 

२१ जेठ, पोखरा ।
प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको आगामी बजेट लोकप्रियताका लागि नभई उत्पादनमुखी हुने बताएका छन् ।

प्रदेश नं ४ भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा पोखरामा आयोजित नविकरणीय ऊर्जासम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेश सरकारले उत्पादन र उत्पादकत्व वृद्धिका साथै दिगो विकासमा आधारित योजनालाई लक्ष्य गरी बजेट ल्याउन लागेको बताए ।

पर्यटन, ऊर्जा, कृषिको आधुनिकीकरण जस्ता कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रदेश सरकारले अघि बढाउने उनले बताए । ऊर्जाको विकासलाई सरकारले महत्वका साथ अघि बढाउने धारणा राख्दै उनले यहाँका उद्योगलाई २४ घण्टा विद्युत् उपलब्ध गराउने लक्ष्य रहेको बताए ।

प्रदेश सरकारले यहाँको आवश्यकताअनुरुप विकास निर्माणका साथै ऊर्जा विकासमा लगानीको प्रत्याभूति गर्नेमा उनले जोड दिए । भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश नं ४ लाई दुई वर्षभित्रमा उज्यालो प्रदेश बनाउने सरकारको तयारी रहेको बताउँदै ऊर्जा उत्पादन गरी अरुलाई बिक्री गर्न सक्ने क्षमता बढाउने गरी योजना निर्माण गर्ने उल्लेख गरे ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका वरिष्ठ ऊर्जा अधिकृत प्रकाश अर्यालले नगरको फोहरलाई ऊर्जाको रुपमा परिणत गर्न सकिने र यसले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण प्रभाव राख्ने बताए ।

नेपाल बायोग्यास प्रवर्द्धन संघ प्रदेश नं ४ का अध्यक्ष सोमनाथ बाँस्तोलाले वातावरणीय प्रदूषणलाई कम गर्दै फोहरबाट मोहोरमा परिणत गर्न सकिने हुँदा बायोग्यासको विकास आवश्यक रहेको धारणा राखे । उनले प्रदेशका विभिन्न ठाउँमा बायोग्यास प्लान्टको विकासलाई अघि बढाउन सकिने र त्यसका लागि बायोग्यास प्रवर्द्धन संघ सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, सरोकारवाला निकायका प्रतिनिधि, ऊर्जा व्यवसायी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।