२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ३ः ‘पाँच वर्षसम्म कुनै कर नलिने’

लेखक स्थानीय खबर १५ जेष्ठ २०७५, मंगलबार १ मिनेट पढाइ

 

१५ जेठ, रत्ननगर– चितवन ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरको आयोजनामा सोमबार सौराहामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने, “उद्योग धन्दा र कलकारखानाको विकासबिना समृद्धि सम्भव नहुने भएकाले प्रदेशको ध्यान यसतर्फ केन्द्रीत भएको छ ।”

मुख्यमन्त्री पौडेलले आगामी वर्ष ‘उद्योग वर्ष’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार अघि बढेको चर्चागर्दै “यो वर्ष हाम्रो प्रदेशले ‘उद्योग वर्ष’ भनेर घोषणा गर्दैछ, यो वर्ष दर्ता गर्ने उद्योगलाई हामी पाँच वर्ष कुनैपनि कर लिदैँनौँ, त्यो नीति अहिले लिएका छौँ ।”

अहिले उद्योग दर्ता गर्न झन्झट रहेको औल्याउँदै उनले अब एउटै ढोकाबाट पसेपछि सबै काम सम्पन्न हुने गरी नीति ल्याउन लागेको जानकारी दिए ।

प्रदेश नं ३ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री दावादोर्जे लामाले अब मुलुक बनाउने लडाईँ शुरु भएको भन्दै राजनीतिक लडाईँ सकिएको दाबी गरे ।

कार्यक्रममा चितवनको विकास र चुनौतीका विषयमा कपिल सुवेदी, शिक्षाको विषयमा रामकुमार तिवारी, कृषिको विषयमा भीमनारायण श्रेष्ठ, पर्यटनको विषयमा योगेन्द्रनाथ अधिकारी र स्वास्थ्यका विषयमा विश्णुप्रसाद शर्माले अवधारणापत्र प्रस्तुत गरेका थिए ।
रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।