१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वसाधारणले पनि प्रदेशसभामा प्रस्ताव लान पाउने

लेखक स्थानीय खबर १० जेष्ठ २०७५, बिहिबार १ मिनेट पढाइ

 

१० जेठ, रुकुम ।
प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले कोही पनि कानूनको अनभिज्ञ हुन नपाउने बताएका छन् । रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा ‘जनताका आवाज प्रदेशसभामा उठाउने प्रक्रिया’ बारे जानकारी गराउने उद्देश्यले आज आयोजित अन्तरक्रियामा सभामुख घर्तील अहिलेसम्म संसद्मा कुनै पनि प्रदेशसभा सदस्य सत्तापक्ष र प्रतिपक्षको भूमिकामा नभई सबैको सहमतिमा ऐन, नियम बनिरहेको बताए ।

पहिलेका संसद् बैठकमा सरकार र सांसदले मात्र प्रस्ताव पेश गर्न पाउने भए पनि अब भने सर्वसाधारणले पनि संसद्मा प्रस्ताव पेश गर्न सक्ने जानकारी उनले दिए । कुनै महत्वको प्रस्ताव पेश गर्दा १०० सर्वसाधारणले हस्ताक्षर गर्नुपर्ने र त्यसलाई तीन सांसदले समर्थन गरेमा प्रस्ताव संसद् सचिवालयमा दर्ता भएर छलफल हुने उनले जनाए ।

फरक प्रसंगमा सभामुख घर्तीले प्रदेश संसद् सचिवालयमा अहिलेसम्म पनि कर्मचारी र भौतिक संरचनाको अभाव कायमै रहेको बताए । अहिलेको अवस्थामा संसद्लाई ७५ कर्मचारी आवश्यक पर्ने भए पनि २६ मात्र कार्यरत रहेको जानकारी उनले दिए ।

संसद् सचिवालयका सचिव डा मानबहादुर विकले नेपालमा प्रदेशसभा नयाँ भएकाले अहिल सबै जना सिक्ने प्रक्रियामा रहेको बताए । संघीय संरचनानुसार प्रदेश संसद् नयाँ भएकाले यसका बारेमा नागरिकलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
रासस

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।