१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माणमा ढिलासुस्तीः दुई निर्माण व्यवसायी पक्राउ



 

१० जेठ, तुलसीपुर– दाङ ।
तोकिएको समयमा निर्माणको काम पूरा नगरेको भन्दै दुई निर्माण व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहका अनुसार पक्राउ पर्नेमा निर्माण व्यवसायी पदम शर्मा र प्रकाश महतरा छन् ।

शर्मालाई घोराहीमा सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै घोराहीबाट र महतरालाई तुलसीपुरमा सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै तुलसीपुरबाट पक्राउ गरिएको हो ।

अन्य निर्माण व्यवसायीको खोजीलाई तीव्र पारिएको छ । जिल्लामा ३५ भन्दा बढी योजना निर्माणका काममा ढिलासुस्ती भएको तथ्यांक आफूहरुले पाएको प्रहरी प्रमुख सिंहले बताए ।
रासस

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहिबार ००:००