२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐन कानूनको अधिकार प्रयोग गर्न मुख्यमन्त्री पाैडेलको आग्रह



३१ बैशाख, हेटौँडा । प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहका जनप्रतिनिधिलाई ऐन कानुनको अधिकार उपयोग गर्न आग्रह गरेका छन् ।

स्थानीय तह आफैंले ऐन कानुन बनाउन सक्ने संवैधानिक व्यवस्था भएकाले निर्माण भएका ऐन कानुनको उपयोग गरेर विकास निर्माण गर्न आग्रह गरेका छन् ।

मकवानपुर जिल्ला समन्वय समितिको प्रथम भेला परिषद्को आज हेटौंँडामा उद्घाटन गर्दै उनेले स्थानीय तहले सीमित स्रोतसाधनलाई सन्तुलित ढंगबाट परिचालन गरी स्थानीय सरकारलाई चुस्त र प्रभावकारी बनाई जनताको सेवा गर्न आह्वान गरे ।

केही दिनभित्रै प्रदेशसभाको बैठकमा आवश्यक ऐन कानुनको मस्यौदा विधेयकका रुपमा प्रस्तुत गरिने र आगामी २०७५/०७६ का लागि असार १ गते बजेट प्रस्तुत गरिने उनले जानकारी दिए । उनले प्रदेश ३ को अस्थायी राजधानी हेटौँडाबाट काठमाडौँ जोडिने भीमफेदी–कुलेखानी जोड्ने भूमिगत सुरुङमार्गलाई आगामी बजेटमा राखिने जानकारी दिए ।

प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, मुनु सिग्देल, जुनेली श्रेष्ठ, कुमारी वाइवा र प्रेमबहादुर पुलामीले जनप्रतिनिधिलाई आफ्नो सीमित स्रोतसाधनलाई जनताका आवश्यकतानुसार दीर्घकालिन लाभ पुग्ने योजना कार्यान्वयन गर्न सुझाव दिए ।

कार्यक्रममा हेटौंँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टलगायतले प्रदेश सरकारलाई पारदर्शी र निष्पक्ष ढंगबाट स्रोतसाधन उपलब्ध गराउन आग्रह गरे ।

मकवानपुर जिल्ला समन्वय परिषद्का प्रमुख रघुनाथ खुलालले चालू आवका लागी २ अर्ब ६६ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । रासस

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार ००:००