१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ३ मन्त्रिपरिषद् बैठकका २ निर्णय



३१ वैशाख, हेटौँडा ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५/७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ ।

उक्त दुई वटा विधेयक भोलि जेठ १ मा बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिने मन्त्रिपरिषद्का प्रवक्ता एवं आर्थिक मामिला तथा पूर्वाधार मन्त्री कैलाश ढुंगेलले बताएका छन् ।

मन्त्री ढुंगेलले आगामी २०७५/७६ का लागि छुट्याइने बजेटमा पर्यटन कृषि, सुरुङमार्ग, सडक यातायात, ग्रामीण विद्युतीकरण, स्वास्थ्योपचार केन्द्र र झोलुङ्गे पुललाई उच्च प्राथमिकता दिएको बताए ।

प्रवक्ता ढुंगेलले आगामी असार १ गते आव २०७५÷७६ को विनियोजित बजेट प्रदेशसभाको बैठकमा पेश गरिने लक्ष्यका साथ तयारी भइरहेको जानकारी दिए ।
रासस

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार ००:००