६ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ५ को बजेट तथा योजना सम्बन्धी अन्तरक्रिया

लेखक स्थानीय खबर २७ बैशाख २०७५, बिहिबार १ मिनेट पढाइ

२७ वैशाख, नेपालगञ्ज ।
प्रदेश नं ५ सरकारको आवधिक योजना निर्माण र आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार नेपालगञ्जमा आयोजना गरियो ।

कार्यक्रममा सहभागी व्यापारी, जनप्रतिनिधि र सरोकारवालाले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट र योजना उद्योग, व्यापार तथा विकासमुखी हुनुपर्नेमा जोड दिएका थिए ।

त्यस अवसरमा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले नेपालगन्जका उद्योगी, व्यापारी, जनप्रतिनिधि तथा सरोकारवाला पक्षका सुझावका आधारमा प्रदेश सरकारले बजेट तथा योजना निर्माण गर्ने विश्वास दिलाइन् ।

उनले प्रदेश नं ५ को विकास र आर्थिक समृद्धिका लागि आवश्यक श्रोतको खोजी र त्यसको उचित परिचालनलाई बजेट तथा योजनाको प्राथमिकतामा राखिने विश्वास पनि दिलाइन् ।

“प्रदेश नं ५ का उद्योगी, व्यापारी आर्थिक विकासका मेरुदण्ड हुन्, उनीहरुको हितका साथै जनताको समृद्धिका लागि आवश्यक कार्यक्रम बजेट तथा योजनामा समेटिनेछ” मन्त्री पौडेलले भनिन् ।

अन्तरक्रिया कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले धेरै योजना बनाउनुभन्दा नेपालगञ्जका पाँचवटा ठूला पूर्वाधारका योजना बनाएर अगाडि बढनुपर्ने सुझाव दिए ।

नेपालगञ्ज उद्योग वणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्ज पश्चिम नेपालको केन्द्र भएकाले प्रदेश नं ५ को राजधानी बनाउनु पर्ने माग गरे ।

त्यस अवसरमा नेपालगञ्ज उद्योग वणिज्य संघले तयार पारेको ज्ञापनपत्र प्रवक्ता अभयकुमार बस्नेतले मन्त्री पौडेललाई हस्तान्तरण गरेका थिए ।
रासस

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।