२५ वैशाख, पोखरा । प्रदेश नं ४ को सोमबार बसेको प्रदेशसभा बैठकले स्थानीय तहको सभा सञ्चालन सम्बन्धी (कार्यविधि) विधेयक २०७५ सर्वसम्मत पारित गरेको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य मायानाथ अधिकारी, मणिभद्र शर्मा, गायत्री गुरुङ, कृष्ण थापा र हरिशरण आचार्यले भाग लिँदै विधेयकले कार्य सञ्चालन व्यवस्थित एवं प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिलामन्त्री चुमानले विधेयकले स्थानीय तहलाई गतिशील बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अधिवेशन अन्त्य
प्रदेश नं ४ को चालु अधिवेशन अन्त्य भएको छ । बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार राति १२।०० बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको व्यहोराको पत्र पढेर सुनाएका थिए ।
रासस
प्रतिक्रिया