२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ७ः सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव



२२ वैशाख, धनगढी ।
प्रदेश नं ७ को संसद् सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव भएको छ । भौतिक संरचना नहुँदा कार्यालय व्यवस्थापनमा समस्या भएको सचिवालयका उपसचिव छविलाल पाण्डेले जानकारी दिए ।

उनका अनुसार भौतिक संरचना नहुँदा संसदीय दलको कार्यालय, समतिको कार्यकक्ष र दलका प्रमुख सचेतकको कार्यकक्ष अझै स्थापना गर्न सकिएको छैन ।

संसद् सञ्चालनका लागि ५२ कोठा आवश्यक भए पनि अहिले नौ कोठामा सचिवालयको काम हुँदै आएको छ । उनले कोठा उपलब्ध गराउनेबारे पटक पटक मुख्यमन्त्री सहित मन्त्रीसँग माग गरिए पनि अझै उपलब्ध नगराइएको बताए ।

कोठा अभावले अहिले दुई उपसचिव एउटै कोठामा बसेको उनले जानकारी दिए । यसैगरी केन्द्रबाट पठाइएका २८ कर्मचारीमध्ये एक कानून उपसचिव र २ शाखा अधिकृतसहित ६ कर्मचारी अझै आइपुगेका छैनन् ।

सचिवालयलाई नयाँ आर्थिक वर्षका लागि १३२ कर्मचारी आवश्यक रहेको सचिवालयका उपसचिव पाण्डेले बताए । यसैगरी सचिवालयका लागि नौ गाडी अपुग भएका छन् । समितिका सभापति र प्रमुख सचेतकलाई आवश्यक गाडी उपलब्ध हुन नसकेको उनले बताए । अहिले सभामुख, उपसभामुख र सचिवालयका सचिवले मात्र गाडी चढ्ने गरेका छन् ।
रासस

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ००:००