१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ७ः सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव



२२ वैशाख, धनगढी ।
प्रदेश नं ७ को संसद् सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव भएको छ । भौतिक संरचना नहुँदा कार्यालय व्यवस्थापनमा समस्या भएको सचिवालयका उपसचिव छविलाल पाण्डेले जानकारी दिए ।

उनका अनुसार भौतिक संरचना नहुँदा संसदीय दलको कार्यालय, समतिको कार्यकक्ष र दलका प्रमुख सचेतकको कार्यकक्ष अझै स्थापना गर्न सकिएको छैन ।

संसद् सञ्चालनका लागि ५२ कोठा आवश्यक भए पनि अहिले नौ कोठामा सचिवालयको काम हुँदै आएको छ । उनले कोठा उपलब्ध गराउनेबारे पटक पटक मुख्यमन्त्री सहित मन्त्रीसँग माग गरिए पनि अझै उपलब्ध नगराइएको बताए ।

कोठा अभावले अहिले दुई उपसचिव एउटै कोठामा बसेको उनले जानकारी दिए । यसैगरी केन्द्रबाट पठाइएका २८ कर्मचारीमध्ये एक कानून उपसचिव र २ शाखा अधिकृतसहित ६ कर्मचारी अझै आइपुगेका छैनन् ।

सचिवालयलाई नयाँ आर्थिक वर्षका लागि १३२ कर्मचारी आवश्यक रहेको सचिवालयका उपसचिव पाण्डेले बताए । यसैगरी सचिवालयका लागि नौ गाडी अपुग भएका छन् । समितिका सभापति र प्रमुख सचेतकलाई आवश्यक गाडी उपलब्ध हुन नसकेको उनले बताए । अहिले सभामुख, उपसभामुख र सचिवालयका सचिवले मात्र गाडी चढ्ने गरेका छन् ।
रासस

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ००:००