७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा सदस्यको मर्यादाक्रमसम्बन्धी संकल्प प्रस्ताव पारित



१९ वैशाख, धनगढी ।
प्रदेश नं ७ को प्रदेशसभाको बैठकको विशेष समयमा प्रस्तुत गरिएको प्रदेशसभा सदस्यको मर्यादाक्रमसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभाका सदस्यको मर्यादाक्रमसम्बन्धी दर्ता गराइएको संकल्प प्रस्तावका प्रस्तावक नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावलले बैठकको विशेष समयमा उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावमा नेपाली कांग्रेसका डिल्लीराज पन्तले समर्थन गरेका थिए । गत माघ महिनाको नेपाल राजपत्रमा प्रकाशित सूचनामा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यको मर्यादाक्रम आठौँ नम्बरमा र प्रदेशसभाका सदस्यको मर्यादाक्रम चौधौँ नम्बरमा उल्लेख गरिएको छ ।

प्रदेश सरकारका तर्फवाट संकल्प प्रस्तावप्रति धारणा राख्दै आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले प्रदेशसभाका सदस्यको नेपाल सरकारद्वारा तोकिएको मर्यादाक्रमले सार्वभौम संसद् र जनताका प्रतिनिधिको गरिमामा आँच पु¥याउने काम भएको उल्लेख गरे ।

छलफलमा उठेको प्रश्नको जवाफमा मन्त्री शाहले प्रदेशसभा सदस्यहरुको भावना प्रदेश सरकारले सम्बन्धित ठाउँमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा भाग लिने सदस्यहरुले तोकिएको मर्यादाक्रमले जनताका प्रतिनिधिलाई होच्याउने र मानमर्दन गर्ने काम भएको, संघीयतालाई असफल पार्ने योजनाअनुसार आएको भनी असन्तुष्टि व्यक्त गर्दै हालको मर्यादाक्रम सच्याई नवौँ नम्बरमा राख्नुपर्ने जिकिर गरेका थिए ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले स्थानीय तहको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई प्रस्तुत गरेका थिए ।

यसअघि बैठक प्रारम्भ हुनासाथ प्रदेशसभा सदस्य दुर्गा विकले अछामको पञ्चदेवल गाउँपालिकाकी १८ वर्षीया उर्मीला विकको बलात्कारपछि हत्या भएको जनाउँदै मृककका परिवारलाई क्षतिपूर्ति र दोषीमाथि कडा कारबाही गर्न माग गरिन् । प्रदेश सभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।
रासस

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार ००:००