२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय एकाइलाई प्रदेश सरकार मातहत ल्याउन माग



१८ वैशाख, सुर्खेत ।
संघीय सरकारका एकाइलाई प्रदेश सरकारको मातहतमा ल्याउन कर्णालीका सांसदले माग गरेका छन् ।

स्थानीय वीरेन्द्रनगरमा केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा भएको स्थानीय तहमा स्वास्थ्य अभिमुखीकरण तथा प्रदेशस्तरीय स्वास्थ्य नीति, कानून तर्जुमासम्बन्धी छलफल कार्यक्रममा प्रदेशसभा सदस्य यामलाल कँडेलले संघीय सरकारका तल्लो तहका कार्यालयलाई प्रदेश सरकारको मातहतमा ल्याउन संघीय तथा प्रदेश सरकारसंग माग गरे ।

“प्रदेशमा काम गर्न समस्या छ, बीचमा प्रदेश सरकार छ तल र माथि अर्कै सरकार छ, कर्मचारी केन्द्रीय सरकारले चलाउने गर्छ, कर्मचारी तथा संरचना नहुँदा प्रदेशका कामकारवाहीमा समस्या भएको छ” उनले भने ।

प्रदेश सरकारलाई संघीय सरकारका एकाइ हस्तान्तरण नगरेर समस्या बनाइएको भन्दै कँडेलले समृद्ध प्रदेश बनाउन तत्काल तल्लो तहका कार्यालय प्रदेश सरकारको मातहतमा दिनुपर्ने बताए । सरकार बनेको लामो समय बितिसक्दा पनि प्रदेश सरकारको मातहतमा कर्मचारी तथा संरचना आएका छैनन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रमुख सचेतक हिमबहादुर शाहीले सरकारले कर्णालीको स्वास्थ्य नीतिको सुझावका लागि कार्यक्रम गरेको भए पनि सुत्केरी स्याहार, हातमुख धुनेलगायतका सामान्य प्रस्तुतिकरण गरेर सरकारले बजेटमात्र खर्च गरेको आरोप लगाए ।

नेकपा माओवादी केन्द्र का ठम्मर विष्टले केन्द्रबाट लाखौँ रकम ल्याउने र जनतालाई बुझाउनुपर्ने कुरा सांसदलाई कार्यक्रमको नाममा खर्च गर्ने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिए ।
रासस

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलबार ००:००