७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत



८ वैशाख, सुर्खेत ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

शनिबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

बैठकले यसका साथै ३ वटा विधेयक तर्जुमाका लागि सम्बन्धित मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको पनि प्रवक्ता केसीले बताइन् ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको मुख्यमन्त्री सहायता कोष विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा पेश गरिएको जलस्रोत उपयोग विधेयक, २०७५ को मस्यौदा र प्रदेश सडक बोर्ड विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको पनि मन्त्री केसीले बताइन् ।

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम वैशाख १० गते संसद्मा प्रस्तुत गर्ने तयारी रहेको उनले जानकारी दिइन् ।
रासस

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार ००:००