२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ७ः बजेट वैशाख ९ मा

लेखक स्थानीय खबर ७ बैशाख २०७५, शुक्रबार १ मिनेट पढाइ

७ वैशाख, धनगढी ।
प्रदेश नं ७ को सरकारले यही वैशाख ९ गते बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७४/७५ को बाँकी अवधिका लागि प्रस्तुत हुन लागेको अल्पकालीन बजेट १ अर्ब २ करोड ५ लाखको हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले चालु आवको बाँकी अवधिका लागि बजेट प्रस्तुत गर्न वैशाख ६ गते प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको सचिवालयका सचिव बालाराम शर्माले बताए ।

कमजोर वित्तीय अनुशासन, राजश्व चुहावट, करको साँघुरो दायरा, आम्दानीभन्दा बढी खर्चका कारण प्रदेशको आर्थिक व्यवस्थापन चुनौतीपूर्ण रहेको अवस्थामा पहिलो पटक ल्याउन लागिएको बजेटले आगामी आवमा ल्याइने पूर्ण बजेटलाई निर्दिष्ट गर्ने बताइएको छ ।
रासस

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।