१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशको नाम र राजधानीबारे सुझाव लिन सर्वदलीय बैठक



६ वैशाख, विराटनगर ।
प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको आज यहाँ सर्वदलीय बैठक बस्यो । मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा बसेको बैठकले प्रदेशको स्थायी राजधानी, प्रदेशको नाम, प्रदेश समिति गठन र प्रदेश योजनाका सम्बन्धमा आ–आफ्नो राजनीतिक दलबाट सुझाव पेश गर्ने निर्णय गरेको छ ।

अर्को सर्वदलीय बैठकमा दलबाट प्राप्त सुझाव पेश गर्न आग्रह गरिएको प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।
रासस

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहिबार ००:००