११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश आकस्मिक कोष सञ्चालन विधेयकलाई सहमति दिने निर्णय



२९ चैत, पोखरा ।
प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आकस्मिक कोष सञ्चालन सम्बन्धी विधेयकको शैद्धान्तिक सहमति प्रदान गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयबारे पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रदेश सरकारको इ–गभरमेन्स गुरुयोजना सम्बन्धमा बैठकमा छलफल भएको जानकारी दिए ।

चालू आर्थिक वर्षका बाँकी समयका लागि नीति तथा कार्यक्रम सम्बन्धमा बैठकमा छलफल भएको जानकारी दिँदै उनले सकेसम्म वैशाख ३ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको बताए । सरकारले यसअघि घोषणा गरेका कार्यक्रमलाई अब आउने नीति तथा कार्यक्रममा समावेश गरिने उनले जानकारी दिए ।

प्रदेशसभाबाट बजेट पास भइनसकेको अवस्थामा तत्काल राहत, उद्धार लगायतका कामका साथै बजेटले सम्बोधन गर्न नसकेका कुनै आकस्मिक रुपमा गर्नै पर्ने कार्यक्रमका लागि पनि आकस्मिक कोष उपयोग हुने सो अवसरमा जानकारी दिइयो ।
रासस

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार ००:००