१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ७ः मन्त्रिपरिषद् बैठकद्वारा नीति तथा कार्यक्रम स्वीकृत



२६ चैत, धनगढी ।
प्रदेश नं ७ को मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०७४÷०७५ का लागि प्रदेश सरकारका तर्फबाट पेश हुन लागेको नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश सरकारको सार्वजनिक लिखत प्रमाणीकरण गर्ने कार्यविधि सम्बन्धी विधेयक तर्जुमा गर्न समेत सैद्धान्तिक स्वीकृति दिएको बैठकपछि प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए ।

बैठकले प्रदेशमा हालैको असिनापानी, खडेरी, चट्याङ जस्ता प्राकृतिक प्रकोपबाट पीडितको विवरण संकलन गरी तिनलाई सक्दो सहयोग गर्ने निर्णय समेत गरेको छ ।

यस्तै खारेजीमा पर्न लागेका प्रदेशका सबै ९ जिल्लास्थित जिल्ला समन्वय समिति अन्तर्गतका जिल्ला प्राविधिक कार्यालय मार्फत प्रदेश सरकारका कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको अवस्थामा आउँदो असार मसान्त सम्म ती कार्यालय कायम राख्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।
रासस

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार ००:००