५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ५ को नीति तथा कार्यक्रम स्वीकृत



२३ चैत, बुटवल ।
प्रदेश नं ५ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । यही चैत २५ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति कार्यक्रम प्रस्तुत हुनेछ ।

यस्तै, आजको बैठकले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णय समेत गरेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रममाथि छलफल गरी केही थपघट गरी पारित गरेको हो ।

मन्त्री चौधरीका अनुसार प्रदेश सरकारले चालू आवका लागि १ अर्ब २ करोड बराबरको बजेट ल्याउने र बजेट नीति तथा कार्यक्रममै केन्द्रित रहेर आउने समेत जानकारी गराए ।
रासस

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ००:००