७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ५ लार्इ पर्यटन र कृषिको केन्द्र बनाइने



२१ चैत, दाङ ।
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो प्रदेशलाई पर्यटन र कृषि क्षेत्रको केन्द्र बनाइने बताएका छन् ।

रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री पोखरेलले ५ नं प्रदेश पर्यटन र कृषिको राम्रो सम्भावना रहेको बताए ।

उनले भने, ‘‘ पाँच नं प्रदेश सबै किसिमले धनी छ, कृषि र पर्यटनको मात्र विकास गर्न सकियो भने यो प्रदेश समृद्ध हुन सक्छ, हाम्रो पहिलो प्रयास पनि यही हुनेछ ।’’

अर्को प्रसङ्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई देशबीच नयाँ शिराबाट सम्बन्ध व्यवस्थित हुने बताए ।
रासस

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ००:००