२२ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउनुपर्छः मुख्यमन्त्री राउत

लेखक स्थानीय खबर २१ चैत्र २०७४, बुधबार २ मिनेट पढाइ

२१ चैत, महेन्द्रनगर– धनुषा ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफूहरु उन्मुख रहेको बताएका छन् ।

सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने– “पारम्पारिक शिक्षाले प्रदेशको मुहार फेर्न नसकिने भएकाले अबका दिनमा प्राविधिक शिक्षामा जोड दिने नीति प्रदेश सरकारले लिनेछ ।”

मुख्यमन्त्री राउतले प्राविधिक शिक्षा प्राप्त गर्ने नागरिक आफैंमा दक्ष हुने र त्यसले प्रदेश तथा मुलुकलाई नै फाइदा पु¥याउने भएकाले प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा यसलाई प्राथमिकतामा राखेको चर्चा गर्दै यस प्रदेशका कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त गरेको विगतका इतिहासलाई अहिले पनि निरन्तरता दिइनुपर्नेमा जोड दिए ।

प्रदेश नं २ मा मात्र दुई लाख भन्दा बढी बालबालिका विद्यालय भन्दा बाहिर रहेको उदेक लाग्दो तथ्यांक छ भन्दै उनले सबै बालबालिकालाई विद्यालयमा पु¥याउन प्रदेश सरकारले आफ्नो सय दिने कार्यक्रममा ‘बेटी पढाउ बेटी बचाउ,’ दलित बालबालिकाका लागि विशेष शिक्षा योजना सहितको कार्यक्रम ल्याएकाले त्यसको सफल कार्यान्वयनमा लाग्न सम्बन्धित अधिकारीलाई निर्देशन पनि दिए ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशका मुख्य सचिव राजेश्वरमान सिंह, क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, शिक्षा विभागका निर्देशक केशव दाहाल र सामाजिक विकास मन्त्रालयका सचिव डा किरण रुपाखेती लगायत वक्ताले शिक्षाको महत्व, अवसर र चुनौतीको विविध पक्षमाथि प्रकाश पारे ।
रासस

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।